आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

gyan kendra dadel

जल तथा मौसम विज्ञान विभागले बुधवारका लागि मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

Khanepani dadeldhura

विभागले देशभर आंशिक देखि साधारण बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ ।

ajaymeru gaupalika

कोशी प्रदेश: दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारण बदलीसहित एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्छ । तराईमा आंशिक देखि साधारण बदली रहनेछ । राति हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ ।

मधेश प्रदेश: दिउँसो र राति दुवै समय तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा मौसम रहने अनुमान छ । वर्षा वा अन्य मौसमी गतिविधिको सम्भावना न्यून छ ।

udhok dadeldhura

बागमती प्रदेश: दिउँसो हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ । राति हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपात र पहाडी तथा तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ ।

गण्डकी प्रदेश: दिउँसो हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । तराईमा आंशिक बदली देखि सफा रहनेछ । राति हिमाली क्षेत्रमा हल्का हिमपात, पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा, र तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ ।

लुम्बिनी प्रदेश: दिउँसो हिमाली क्षेत्रमा हल्का हिमपात, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा, र तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ । तराईका एक-दुई स्थानमा हावाहुरीको सम्भावना छ । राति हिमाली, पहाडी, र तराई क्षेत्रमा आंशिक बदली देखि सफा मौसम रहनेछ ।

कर्णाली प्रदेश: दिउँसो हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली देखि सफा मौसम रहनेछ ।

सुदूरपश्चिम प्रदेश: दिउँसो हिमाली क्षेत्रमा हल्का हिमपात, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा, र तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ । तराईका एक-दुई स्थानमा हावाहुरीको सम्भावना छ । राति हिमाली, पहाडी, र तराई क्षेत्रमा आंशिक बदली देखि सफा मौसम रहनेछ ।

विभागले मेघगर्जन, चट्याङ, र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

Loading...