गौरीगंगामा बेहुला बेपत्ता भएपछि…

gyan kendra dadel

अत्तरिया- तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवायुवतीको विवाह तय भइसकेको थियो । तर, दुलाहा सम्पर्क विहीन भएपछि विवाह रद्द गरिएको छ ।

Khanepani dadeldhura

गौरीगंगा नगरपालिका–४ राजीपुर निवासी २४ वर्षीय रमेश कुमाल (नाम परिवर्तन) विवाहको मिति नजिकिँदै गर्दा बेपत्ता भएका हुन् । ३० वैशाखमा विवाह हुने तय भए पनि उनी फेला नपरेपछि विवाह स्थगित गरिएको हो ।

ajaymeru gaupalika
udhok dadeldhura

हुनेवाली दुलही सङ्गिता बुढा (नाम परिवर्तन) यो घटनापछि मानसिक तनावमा परेकी छन् । उनीहरूबीच तीन वर्षअघि प्रेम सम्बन्ध सुरु भएको थियो । आफन्तजनको सहमतिमा विवाह तय भएको थियो र निमन्त्रणापत्र वितरणदेखि अन्य तयारीसमेत पूरा भइसकेका थिए ।

दुवैले २५ वैशाखमा भारतको पलिया र धनगढी बजारमा विवाहका लागि गरगहना तथा लत्ताकपडा किनेका थिए । सोही दिन उनीहरू धनगढीबाट छुटिएका थिए, तर त्यसपछि रमेश सम्पर्कविहीन भएका हुन् ।

उनको अन्तिम मोबाइल लोकेशन बर्दियाको मैना पोखर क्षेत्र देखिएको प्रहरीले जनाएको छ । युवकको खोजीका लागि उनकी भाउजु र हुनेवाली दुलहीले प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले व्यापक खोजी गरे पनि अहिले सम्म फेला नपरेको जनाएको छ । यस घटनाले दुलही पक्ष मात्र होइन, दुवै परिवार र समाजमा पनि निराशा र स्तब्धता ल्याएको छ ।

Loading...