
अत्तरिया- कैलाली: दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय, गोदावरी-१, अत्तरिया, कैलालीले शैक्षिक सत्र २०८२ र त्यसपछिका लागि माध्यमिक (कक्षा ९-१२) र आधारभूत (कक्षा ६-८) तहमा शिक्षकहरूको रोस्टर सूची तयार गर्न दरखास्त आह्वान गरेको छ।


विद्यालयले आज प्रकाशित गरेको सूचना अनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी २०८२ साल जेठ ११ गते दिउँसो ४:०० बजेसम्म आवेदन दिन सक्नेछन्।

थप जानकारीका लागि विद्यालयको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। विद्यालयको फोन नम्बर ०९१-५५०४४० रहेको छ भने प्रधानाध्यापकलाई ९८५८७२३२८३ र विद्यालय प्रशासनलाई ९८५८७२३२८८ मा सम्पर्क गर्न सकिनेछ।