डोटी- डोटीको आदर्श गाउँपालिका-४ पातलमा कुटपिट हुँदा दुई जना घाइते घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतवार राति पौने एघार बजेको समयमा आदर्श गाउँपालिका-४ पातल बस्ने ३१ वर्षीय अशोक रोकायालाई अपरिचित व्यक्तिले धारीलो हतियार प्रहार गरी घाइते बनाएका थिए । अशोकको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेर उनी घाईते अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।


घट्नास्थलमा ११ बजेतिर सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष भाटले प्रयोग गर्ने मोबाईल फेला परेको थियो । त्यसपछि घाइते भेटिएका अशोक रोकायाका आफन्तहरुले सन्तोष भाटले नै कुटपिट गरेको आशंका गरी आदर्श गाउँपालिका-४ को देहिमाण्डौबाट सन्तोष भाटलाई नियन्त्रणमा लिई आफन्तहरुले सन्तोषलाई कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
साथै सन्तोषको सुदूरपश्चिम प्रदेश ०१००१ च ४११८ नम्बरको बोलेरो जिपमा तोडफोड तथा आगजनी गरी पूर्ण रुपमा क्षेति गरेको प्रहरीले जनाएको छ ।
घटना बारे जानकारी पाएपछि प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले घाईते दुवै जनालाई उद्दार गरी उपचारको लागि दिपायल पठाएको थियो । अशोक रोकायाको सुजङ अस्पताल राजपुर डोटीमा पुर्याई उपचार भईरहेको र सन्तोष भाटको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।