कैलालीकी लीला तीन दिन देखि सम्पर्क विहीन

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–२ चितलपुर बस्ने टेक बहादुर रावतकी २४ वर्षीया श्रीमती लीला विष्ट रावत माइतीघर जान्छु भन्दै हिडेको तीन दिन बित्दा समेत सम्पर्कमा आएकी छैनन् ।

Ganyapdhura gau
Dadeldhura hospital

वैशाख २७ दिउँसो घोडाघोडी–२ साडेपानी गाउँमा रहेको माइतीघर जान्छु भनी हिडेकी विष्टको बारेमा आइतवार बुझ्दा माइती, आफन्त, नातागोता कतै पनि सम्पर्कमा नआएको आफन्तले जनाएका छन् ।

Navadurga sun
Godawari sandesh

सोमवारसम्म सम्पर्क विहीन भएपछि श्रीमान् टेक बहादुर रावतले खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय सुखडमा निवेदन दिएका छन् ।

लिलाको खोजीकार्यका लागि कैलाली जिल्लाका विभिन्न प्रहरी कार्यालयमा हुलिया पठाएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । श्रीमान् र श्रीमतीबिच मोबाइलका विषयमा सामान्य विवाद भएपछि लीलाले आफूले चलाएको मोबाइल फु्टाएर घरमै छोडी माइत जान्छु भन्दै हिडेको छिमेकीले बताएका छन् ।

Couple
Loading...