सुदूरपश्चिमका एफएम रेडियो स्टेशन संकटमा, ४१ रेडियो स्टेशन बन्द

gyan kendra dadel

डडेल्धुरा- आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन संकटमा परेका छन् । विज्ञापन बजार र व्यवस्थापकीय समस्याका कारण सुदूरपश्चिम प्रदेशमा सञ्चालित एफएम रेडियो संकटमा परेका हुन् । सुदूरपश्चिममा हालसम्म ४१ रेडियो स्टेशन बन्द भएका छन् ।

Khanepani dadeldhura

सुदूरपश्चिम प्रदेशमा दर्ता भएका एक सय २० एफएम रेडियो स्टेशनमध्ये ४१ बन्द भएका जानकारी दिँदै नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले आर्थिक अभावमा २५ प्रतिशत रेडियोले कर्मचारी एवं पत्रकारलाई तलब दिन नसक्ने परिस्थिति सृजना भएको बताए ।

ajaymeru gaupalika
udhok dadeldhura

‘विज्ञापन बजार सीमित छ, स्थानीय सरकारले समानुपातिक रूपमा विज्ञापन वितरण गर्न सकेका छैनन्, यसले रेडियो बन्द हुँदै गएका छन,’ उनले भने, ‘अब व्यावसायिक तथा सामुदायिक रेडियोको दिगो आर्थिक व्यवस्थापन र सृदृढीकरणका लागि रेडियो सञ्चालक एवं सरकारले ठोस योजना बनाउनुपर्छ ।

रेडियो सेभेन स्टार बैतडीका सञ्चालक अमर भट्टराईले पनि रेडियो संकटमा रहेको बताए । ‘स्थानीयस्तरमा व्यापार व्यवसाय संकटमा छन्, सरकारी निकायबाट खासै सहयोग छैन , विज्ञापन आउन छोडिसक्यो,’ उनले भने ।

रेडियो टीकापुर कैलालीका प्रमुख एकेन्द्र तिमल्सेनाले सरकारी निकायबाट विज्ञापन नआउने र स्थानीय व्यापार पनि नफस्टाउँदै आम्दानी दिगो स्रोत नहुँदा आफूहरूले सङ्कटको सामना गर्नुपरेको गुनासो गरे ।

रेडियोकर्मी शिव ओलीले सानो ठाउँमा धेरै रेडियो हुँदा विज्ञापनका लागि अस्वस्थ प्रतिस्पर्धा बढिरहेकाले सरकारी संयन्त्रले नै विज्ञापन दर निर्धारण गरिनु पर्नेमा जोड दिए ।

Loading...