वैशाख ३० र ३१ गते वाईसीएलको सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा हुने

gyan kendra dadel

धनगढी- नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को प्रथम सुदूरपश्चिम सम्मेलन हुने भएको छ । सम्मेलन यही वैशाख ३० र ३१ गते धनगढीमा हुने र सम्मेलनको तयारी पूरा भएको वाईसीएलका केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज मीनबहादुर घर्तीमगर ‘विश्व’ले जानकारी दिए ।

Khanepani dadeldhura

उनले सम्मेलनमा प्रदेशका नौ वटै जिल्लाबाट दुई सय २८ जना प्रतिनिधिको सहभागिता रहने बताए । उनले भने ‘प्रत्येक पालिकाबाट दुई जनाका दरले,प्रत्येक जिल्लाबाट पाँच जना र प्रदेशबाट सात जना प्रतिनिधीको सहभागिता हुने छ ।’ सम्मेलनले १३ पदाधिकारीसहित ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने उनले जानकारी दिए ।

ajaymeru gaupalika
udhok dadeldhura

इन्चार्ज घर्तीमगरका अनुसार कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य राखिने छ । वैशाख ३० गते २ वजे धनगढीको रिद्धीसिद्धी पार्टी प्यालेसमा सम्मेलन उद्घाटन हुने उनले जानकारी दिए । सम्मेलन उद्घाटनपूर्व १२ देखि १ बजेको बीचमा धनगढी चौराहाबाट ¥याली निकालिने उनले बताए ।

सम्मेलनको उद्घाटन माओवादी केन्द्रका उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले गर्ने जनाइएको छ । वाईसीएलका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’,वाईसीएलका केन्द्रीय अध्यक्ष सुवोध श्रीपाली,बरिष्ट उपाध्यक्ष कसन गुरुङ,उपाध्यक्ष मञ्जु बम,महासचिव गणेश राईलगायतको उपस्थिति रहने जनाइएको छ ।

सम्मेलनको उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका कला संस्कृति झल्किने छलिया नाच,थारु झुम्रा नाच,मगर समुदायको नौमति बाजा र मारुनी नाचलगायत प्रस्तुत गरिने इन्चार्ज घर्तीमगरले जानकारी दिए । नेतृत्व चयनका लागि अधिकतम सहमतिको प्रयास गरिने तथा सहमति हुन नसके विधिमार्फत नेतृत्व चयन गरिने उनले बताए ।

Loading...