धनगढी- कैलालीमा विवाहको सबै बन्दोबस्त भइसकेपछि दुलाह सम्पर्क विहीन भएका छन् । दुलाह सम्पर्कविहीन भएपछि दुलही खाेजीकाे माग गर्दै प्रहरी चाैकी पुगेकी छन् ।


इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका गाैरीगंगा नगरपालिका–४ राजीपुर बस्ने २४ वर्षीय रमेश कुमाल (नाम परिवर्तन) र संगिता बुढा (नाम परिवर्तन) को ३० वैशाखमा विवाह हुने तय भएको थियो ।
उनीहरूले विवाहका लागि आफन्तजनलाई निमन्त्रणा समेत गरिसकेका थिए । २५ गते भारतकाे पलिया र धनगढीमा विवाहका लागि गरगहना र लत्ताकपडा समेत सपिङ्ग गरेका थिए ।
साे दिन दुवै जना धनगढीबाट छुटिएका थिए ।तर साेही दिनदेखि उनी सम्पर्कविहीन भएको भन्दै आइतबार युवती इलाका प्रहरी कार्यालय मालाखेती पुगेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयले उनकाे खाेजी भइरहेको जानकारी दिएकाे छ ।