अनलाइन टिभी पत्रकार संघ सुदूरपश्चिमको अध्यक्षमा जोशी चयन

कैलाली- अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमको अध्यक्षमा भक्तराज जोशी चयन भएका छन । प्रदेशको प्रथम अधिवेशनबाट जोशी अध्यक्ष चयन भएका हुन । 

अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अंकित उप्रेती वरिष्ठ उपाध्यक्ष, खेमराज जोशी उपाध्यक्ष, टीकाराम साउँद महासचिव, माधव पौडेल सचिव र सरिता चन्द कोषाध्यक्षमा चयन भएका छन्। गोविन्द सोडारी, कालुराम चौधरी र सञ्जु महर सदस्यमा चुनिएका हुन् ।

Godawari sandesh
Navadurga sun

कञ्चनपुरको संयोजकमा प्रकाश भट्ट र कैलालीको संयोजकमा दीपक रावल चयन भएका छन् । अधिवेशन संयोजक वीरेन्द्र धामीले नयाँ समितिले सुदूरपश्चिममा अनलाइन पत्रकारिताको विकास, पत्रकारहरूको हित र पेशागत मर्यादाका लागि महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले अधिवेशनको सफलताका लागि सबैको सहयोग प्रति कृतज्ञता समेत प्रकट गरेका छन् । 

Dadeldhura hospital

नवनिर्वाचित अध्यक्ष जोशीले अनलाइन पत्रकारितालाई जिम्मेवार, विश्वसनीय र व्यवस्थित बनाउन आफ्नो टिम प्रतिबद्ध रहेको बताए। पत्रकारहरूको क्षमता अभिवृद्धि, साइबर सुरक्षामा जोड र पेशागत हकहितका लागि निरन्तर काम गर्नेछौँ,” उनले भने, “सुदूरपश्चिमको पत्रकारितालाई नयाँ उचाइमा पुर्याउन हाम्रो प्रयास रहनेछ ।”

सुदूरपश्चिम प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा प्रमुख अतिथि रहेको कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा अधिवेशन संयोजक वीरेन्द्र धामीको सभापतित्व रहेको थियो । 

औपचारिक सत्र पछि जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राज कुमार सिंहले पत्रकारहरूलाई साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण गरेका थिए। उक्त अभिमुखीकरण कार्यक्रममा अनलाइन पत्रकारितामा साइबर सुरक्षाको महत्त्व र चुनौतीबारे गहन छलफल भएको थियो ।

कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पत्रकार, सञ्चारकर्मी र स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो । अधिवेशनले अनलाइन पत्रकारिताको भविष्य र चुनौतीबारे समेत गहन विमर्श गरेको थियो ।

Loading...