लिङ्गपुराण महायज्ञमा प्रेम आले मगरको १ लाख ११ हजार आर्थिक सहयोग

डोटी- डोटीको बडीकेदार गाउँपालिकामा रहेको बडिकेदार (ठुला केदार) धाम शक्तिपीठमा संचालन भईरहेको “लिङ्गपुराण महायज्ञ” मा डोटी जिल्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकार का पूर्वमन्त्री प्रेम बहादुर आले मगरले १ लाख ११ हजार १ सय ११ रुपैयाँ रकम चेक मार्फत सहयोग गर्नुभएको छ।

डोटी जिल्ला बाट ने.क.पा एकीकृत समाजवादी बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा निर्वाचित भएका आलेले सुदूरपश्चिम प्रदेश कै एक महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु-प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठुला केदार) स्थलमा २०८२ बैशाख २२ गते देखि २८ गते सम्म संचालन भइरहेको लिङ्गपुराण महायज्ञ मूल आयोजक समितिका सचिव तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति, डोटी का कार्यकारी अधिकृत दिपेन्द्र राज सिराडी लाई फोन मार्फत सो रकम बराबर को चेक दिने घोषणा गर्नु भएको हो ।

Dadeldhura hospital

ठुलाकेदार धाममा संचालन भइरहेको लिङ्गपुराण महायज्ञ लाई सफल बनाउन सबै यस क्षेत्रका नागरिक तथा भक्तजनबाट सहयोग भइरहेको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिती, डोटीका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले बताए । साथै सहयोगी दाता मध्ये हाल सम्म सबै भन्दा बढी सहयोग गर्ने डोटी जिल्ला बाट  निर्वाचित माननीय पूर्व मन्त्री प्रेम आले रहेको पनि बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिती, डोटी कार्यकारी अधिकृत सिराडीले बताए । यो भन्दा अगाडि नेपाली काङ्ग्रेसका केन्द्रिय महासमिति सदस्य पदम राज जोशीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरि प्रथम चन्दा दाता रहेका थिए ।

ठूला केदार विकासका लागी सदैव लागिरहेको  माननीय पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य प्रेम आलेले बताए । यो भन्दा पहिले पनि उहाँले ठुलाकेदार धाम शक्तिपीठ विकासको लागि बहुवर्षे योजना अन्तरगत  संस्कृती, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय बाट ९ करोड बजेट बिनियोजन गरिएको पनि बताउएका हुन् । उक्त बजेटबाट अहिले बडिकेदार धाममा विकासले मुहार फेरिएको लिङ्ग पुराण महायज्ञ  मूल आयोजक समिति का अध्यक्ष प्रकाश बोहराले बताए । 

प्रेम आले बिकास बादी नेता हुन । उनको पहलबाट ठूला केदारमा शिवमुर्ती, फ्ल्याक स्टोन सहितका सिडी, रेलिङ्ग, प्रतीक्षालय, खानेपानी, शौचालय जस्ता थुप्रै काम भएको अत्तरकाडा बजारका सफल व्यापारी बिमल बोहराले बताए । 

Loading...