साइकलबाट लडेर एक जनाको मृत्यु

डोटी- डोटीमा शनिबार साँझ साइकलबाट लडेर एक बालकको मृत्यु भएको छ ।  के.आई. सिंह गाउँपालिका-४ बाजकोट बस्ने १३ वर्षीया सुशील बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

बिष्ट वायल बजारबाट साइकलमा घर फर्किने क्रममा लडेर सडकबाट २० मिटर तल खसी टाउकोमा गम्भीर चोट लागेको थियो ।

Navadurga sun

उनलाई उपचारका लागि डडेलधुरा अस्पतालमा पुर्‍याइ चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...