बैतडीको मेलौलीमा सांस्कृतिक महोत्सव हुने

बैतडी- बैतडीको मेलौलीमा वृहत स्वराड सांस्कृतिक महोत्सव तथा व्यापार मेला सञ्चालन हुने भएको छ। यही जेठ १ गतेदेखी मेलौलीमा सांस्कृतिक महोत्सव आयोजना हुने भएको हो।

महोत्सवलाई मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपलिकाको मुख्य प्रर्वद्धनमा पर्यटन विकास मञ्चले आयोजना गर्ने भएको छ। जेठ १ गतेदेखी १२ गतेसम्म महोत्सव सञ्चालन हुने महोत्सवका संयोजक सागर भण्डारी (सोराडी)ले बताए। उनका अनुसार स्थानीय उत्पादनको बजारीकरण, स्थानीय कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो।

Navadurga sun

महोत्सवको मुख्य प्रायोजकमा क्वालिटी आल्मुनियम स्टील एण्ड युपीभीसी रहेको उनले बताए। महोत्सवका माध्यमबाट उक्त क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार हुने विश्वास लिइएको भण्डारीले बताए। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताईएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...