अत्तरिया- कैलालीको गोदावरी नगरपालिका कैलालीले नगर क्षेत्रभित्रका जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै ५ दिने धार्मिक अध्ययन अवलोकन भ्रमण आयोजना गरेको छ । भ्रमणका लागि आयोजित विदाई कार्यक्रममा टीका तथा खादा लगाई सम्मानपूर्वक बिदा गरिएको थियो ।

महिला तथा बालबालिका, जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामी खत्रीका अनुसार भ्रमणमा सहभागीहरूले सुनसरीको चतराधाम, चितवनको देवघाट, जनकपुरधाम र लुम्बिनीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
विदाई समारोहमा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले सहभागी जेष्ठ नागरिकहरूलाई सफल यात्राको शुभकामना व्यक्त गरे । त्यस्तै, गोदावरी नगर प्रवक्ता गोपाल दत्त भट्टले पनि जेष्ठ नागरिकप्रति सम्मान प्रकट गर्दै शुभकामना दिएका थिए ।
धार्मिक भ्रमणमा नगरपालिकाका सबै १ देखि १२ वडासम्मका ४५ जना जेष्ठ नागरिकहरू सहभागी छन् । कार्यक्रम गोदावरी जेष्ठ नागरिक समाज अत्तरियाले आयोजना गरेको हो ।