जम्मू, पठानकोट र उधमपुरस्थित सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण

पाकिस्तानले बिहीबार राति भारतको जम्मू, पठानकोट र उधमपुरस्थित सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको छ। भारतीय सरकारी टेलिभिजन डीडी न्यूजलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार पाकिस्तानबाट जम्मू क्षेत्रमा मात्र आठवटा मिसाइल प्रहार गरिएको थियो।

Dadeldhura hospital

सतवारी, सांबा, आरएसपुराअर्निया जस्ता संवेदनशील स्थानहरू लक्षित गरिएका थिए। भारतीय वायु रक्षा प्रणालीले ती सबै क्षेप्यास्त्रहरूलाई समयमै अवरोध गरी निष्क्रिय बनाएको रक्षा स्रोतहरूको दाबी छ।

Navadurga sun
Godawari sandesh

यसबीच, जम्मू–कश्मीरको राजौरीपुँछ क्षेत्रमा पूर्ण ब्ल्याकआउट गरिएको छ। पुँछमा हवाई साइरनहरू बजिरहेको जनाइएको छ भने पछिल्लो केही घण्टामा पाकिस्तानी गोलीबारीका कारण राजौरी क्षेत्रमा घाइते र मृतकसमेत भएको खबर छ।

भारतीय सेनाले भन्यो, “पाकिस्तानबाट प्रहार गरिएका सबै मिसाइल र ड्रोन हमला हाम्रा सुरक्षा प्रणालीले सफलतापूर्वक विफल पारेको छ। हामी आफ्नो सार्वभौमसत्ता र नागरिकको सुरक्षाका लागि पूर्ण रूपमा सजग छौं ।”

Loading...