मोहन्यालका उपाध्यक्षले फुटाए शिलालेख

अत्तरिया- कैलालीको मोहन्याल गाउँपालिकाको प्रशासनिक भवनको उद्‌घाटन कार्यक्रमले विवादित भएको छ । गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले नयाँ भवनको उद्‌घाटन गरेलगत्तै उपाध्यक्ष कमल साउदले शिलालेख फुटाएका हुन ।

Dadeldhura hospital

उपाध्यक्ष साउदले उद्‌घाटन कार्यक्रममा कुनै पनि जनप्रतिनिधिलाई नबोलाई अध्यक्ष एक्लै गएको भन्दै आपत्ति जनाए । उनले भने, प्रशासनिक भवन जस्तो महत्वपूर्ण संरचनाको उद्घाटनमा सबै जनप्रतिनिधिलाई बोलाउनु पथ्र्यो । तर अध्यक्षले घरको उद्‌घाटन गरेजस्तो चुपचाप कार्यक्रम गर्नुभयो । त्यसैको विरोधस्वरूप मैले शिलालेख फुटाएँ ।’

godawari10 Mahila hinsa
Navadurga sun

अध्यक्ष उपाध्यायले भूगोलको कारण सबै वडाका जनप्रतिनिधिलाई बोलाउन नसकिएको जिकिर गरे । ‘नजिकका वडाका प्रतिनिधिहरूलाई र उपाध्यक्षलाई समेत बोलाइएको थियो । तर उहाँ आफै आउनुभएन, उनले भने ।

अध्यक्ष उपाध्यायले उपाध्यक्ष साउदले शिलालेख मात्रै नभएर अन्य संरचनामा समेत तोडफोड गरेको आरोप लगाए । उनले भने, उपाध्यक्षजस्तो जिम्मेवार व्यक्तिले यस्तो व्यवहार गर्नु लाजमर्दो हो ।’

Loading...