महिला बालबालिका सेभ हाउसमा रहेका बालबालिकालाई झोला वितरण

अत्तरिया- जन्मउत्सवमा महिला बालबालिका सेभ हाउसमा रहेका बालबालिकालाई झोला वितरण गरिएको छ । हेमा श्री फाउन्डेसन नेपालकी आजिवन सदस्य तथा समाजसेवी रुपा कुँवर क्षेत्रीले आफ्नो जन्मउत्सवमा अत्तरियामा रहेको महिला बालबालिका सेभ हाउसमा रहेका २० जना बालबालिकाहरुलाई झोला वितरण गरेकी हुन ।

Dadeldhura hospital

रुपा कुँवर क्षेत्री आफू रोजगारीको सिलसिलामा विदेशमा भएपनि जन्मदिनमा सेवामुखी भावनाका साथै बालबालिकाहरुको पढाईप्रति उत्प्रेरणा जगाउनका लागि सहयोग गरिएको धारणा व्यक्त गरिन ।

Navadurga sun
Godawari sandesh

झोला बितरण कार्यमा हेमा श्री फाउन्डेसन नेपाल कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे), कोसाध्यक्ष लक्षमी बोगटी कुँवर, समता स्कुल प्रधानाध्यापक रितु पाण्डे शाहु, सेभ हाउसकी अध्यक्ष जानकी मलासी लगायतको उपस्थिति रहेको थियो ।

झोला वितरण गर्दै फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त बाजेले भने, जन्मदिनमा पाटी वा भोज भतेर गरि लाखौँ खर्च गर्नुभन्दा विद्यार्थीहरुलाई पढाइप्रति रुचि बढाउनु झोला वितरण गरिएको जानकारी दिइन ।

Loading...