अत्तरिया- कैलालीको अत्तरियामा रहेको गोदावरी होटल व्यवसायी संघको कार्यसमितिले डिएसपीको स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ ।
इलाका प्रहरी कार्यालयको प्रमुखको रुपमा वैशाख २२ गते हाजिर भएका प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्दको स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको हो ।

संघको कार्यालय रहेको नमस्ते होटलको हलमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा होटल व्यवसायीहरुले भोगिरहेका समस्याबारे डिएसपीलाई जानकारी गराइएको थियो ।
संघकी निवर्तमान अध्यक्ष एवम् होटल व्यवसायी महासंघी केन्द्रिय उपाध्यक्ष धना देवी चोखालले एकका कारण सबै होटल व्यवसायी बदनाम भइरहनु परेको गुनासो गरिन् ।
उनले कानुन भन्दा विपरीत काम गर्ने जो सुकैलाई कारबाही हुनुपर्ने भन्दै प्रशासनलाई सहयोग गर्न आफूहरु तयार रहेको बताइन् ।
त्यस्तै गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामीले अत्तरियामा दर्ता विना पनि होटलहरु सञ्चालन भइरहेको बताए । अनैतिक क्रियाकलापमा संलग्न हरुलाई पक्राउ गर्ने र छोडने बाहेक कुनै कानुनी कारबाही हुन नसकेको उनले बताए ।