अत्तरिया- कैलालीको अत्तरियाबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । मंगलबार राती गोदावरी नगरपालिका १ अत्तरियामा रहेको सब्जीमण्डी अगाडि कोठा भाडामा लिएर बस्ने कृष्णपुर नगरपालिका ४ का २२ वर्षीय रमेश नाथ र कृष्णपुर नगरपालिका ५ का २३ वर्षीय पवन नेपाली पक्राउ परेका हुन ।


लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले रमेश नाथको कोठामा खानतलासी गर्दा ३ ग्राम ९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।