इप्रका मालाखेतीको प्रमुखमा डिएसपी चन्द हाजिर

अत्तरिया- कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय (इप्रका) मालाखतीको प्रमुखमा प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्द हाजिर भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा कार्यरत चन्द सोमबार (आज) इप्रका मालाखेतीमा हाजिर भएका हुन् ।

इप्रका मालाखेतीका प्रमुख डिएसपी गंगा बहादुर थापाको गण्डकी प्रदेश प्रहरी गण पोखरा कास्की सरुवा भएपछि उनको स्थानमा चन्दलाई पठाइएको हो ।

Loading...