अत्तरियाको दुर्गालक्ष्मी विद्यालयका प्रधानाध्यापक जोशीको बिदाई

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयमा कार्यरत प्रधानाध्यापक शिवराज जोशी ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकास भएका छन । उनको दीर्घ शैक्षिक योगदान प्रती सम्मान प्रकट गर्न विद्यालयले आईतबार बिदाई कार्यक्रम आयोजना गरेको हो । ११ वर्ष सम्म दुर्गा लक्ष्मी विद्यालयमा प्रधानाध्यापक भूमिकामा रहेर सेवा दिएका थिए । शिक्षण यात्रा रुपमा दुर्गालक्ष्मीमा २०७१ साल देखि कार्यरत जोशीलाई ११ किलोको मालाले पहिर्याईएकाे हो ।

बिदाई समारोहमा सहभागी शिक्षक, विद्यार्थी लगायत व्यक्तित्वहरुले असल शिक्षक, प्रशासकको रुपमा रहेका प्रसंसा गरे । उनको ज्ञान, शिक्षा, क्रियाकलपप्रति अनुकरणीय रहेको सहभागिले बताए । जोशीले आफ्नो सेवा अवधिमा विद्यालयको शैक्षिक सुधारमा महत्वपूर्ण योगदान पुर्याएको जनाएको छ । आईतबार विद्यालय परिवारले उनीप्रति सम्मान, कृतज्ञता र शुभकामना व्यक्त गर्दै बिदाई गरेका हुन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले अवकाश भएका जोशीको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँद्वारा विद्यालयमा गरिएको सुधार प्रयासलाई अतुलनीय रहेको बताए । ‘उहाँले पुर्याउनुभएको योगदानलाई विद्यालय परिवार कहिल्यै भुल्न सक्दैन’ उनले भने ।

udhok dadeldhura

शाहले प्रधानाध्यापक जोशीले विगत ११ वर्षको कार्यकालमा विद्यालयलाई शैक्षिक क्षेत्रसहित भौतिक र प्रशासनिक पक्षमा समेत उच्चस्तरमा उकास्न योगदान दिनुभएको बताए । ‘उहाँको परिश्रम, दूरदृष्टि र नेतृत्व क्षमताले विद्यालयलाई देश भर एक उदाहरणीय शैक्षिक संस्थाको रुपमा स्थापित गरेको छ’, उनले भने ।

उनले शैक्षिक अनुशासनको स्थापना, पठनपाठनको गुणस्तर अभिवृद्धि, आधुनिक शिक्षण विधिको प्रयोग र विद्यार्थीको समग्र विकासमा जोशी सरको भूमिका विशेष रहेको शाहले बताए । विद्यालय परिवार, विद्यार्थी, अभिभावक संघ र स्थानीय समुदायको तर्फबाट जोशीलाई सम्मानपत्र र स्मृति चिन्ह प्रदान गरिएको थियो ।

जोशीलाई सवारमा बाजागाजा सम्मान सहित उनको घर सम्म पु¥याइएको थियो । विद्यालयको तर्फ बाट मायाको चिनो स्वरूप ल्यापटप गरेका थिए ।

सोही कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यालयलाई ४५ थान कुर्ची वितरण गरिएको थियो । सामाजिक उत्तदायित्व कार्यक्रम अन्तर्गत नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश प्रमुख दीपक भट्टले विद्यालयका अध्यक्ष गणेश शाहलाई हस्तान्तरण गरेका हुन् । थप १५ थान कुर्ची केही दिनमा उपलब्ध गराउने भट्टले बताए ।

Loading...