ब्राउन सुगरसहित तीन युवक पक्राउ

दाङ । बार्दियामा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तीन युवा पक्राउ परेका छन्। कास्की पोखरा महानगरपालिका –२८ माझठानाका २८ बर्षीय महेष तिवारी र तनहुँ ब्यास नगरपालिका – ६ दमौलीका ३० बर्षीय बिपिन अधिकारी पक्राउ परेका छन्। बर्दियाको बढैयाताल गाउँपालिका – ८ साघुनघारीबाट उनीहरु बिहीबार बेलुका पक्राउ परेका थिए। उनीहरु भारतबाट पैदल हिँडेर नेपाल प्रवेश गरी रहेको समयमा आशंका लागेर चेकजाँच गर्ने क्रममा पक्राउ परेका थिए।

बर्दियाका प्रहरी प्रवक्ता डिएसपी चक्रडम्बर पालका अनुसार उनीहरुको साथबाट ६४० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भइ उनीहरुमाथि अनुसन्धान भइरहेको छ।

Navadurga sun

त्यस्तै बढैयाताल गाउँपालिका – ३ सिमराका ३२ अर्जुन देवकोटा पनि ब्राउन सुगरसहित पक्राउ परेका छन्। बढैयाताल गाउँपालिका – ६ बाट उनी शुक्रबार दिउँसो पक्राउ परेका थिए। देवकोटाको साथबाट ५८० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको डिएसपी पालले बताए।देवकोटालाई पनि पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति प्रदान गरेको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...