पाचौं भजहर कपः नेपाल पुलिस र कर्मचारी ग्रुप विजयी

धनगढी- कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भईरहेको निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा नेपाल पुलिस क्लब धनगढी र कर्मचारी ग्रुप विजयी भएका छन् ।

थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको निसर्ग हस्पिटल पाचौं भजहर कपको दोस्रो दिन भएको पहिलो खेलमा नेपाल पुलिस क्लब धनगढी र दोस्रो खेलमा कर्मचारी ग्रुप धनगढी जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका छन् । 

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

श्री युवा जनहित क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा नेपाल पुलिस क्लब धनगढीले जाखौर बाबा युवा क्लब मनेहरालाई हराउँदै अन्तिम आठमा स्थान बनाएको छ ।

पुलिसले जाखौर बाबालाई ३–१ ले हराएर क्वाटरफाईनलमा स्थान बनाएको हो । यस्तै दोस्रो दिन भएको दोस्रो खेलमा कर्मचारी ग्रुप धनगढीले भुमी युवा क्लब बनकटटालाई हराएर क्वाटरफाईनल पुगेको छ । कर्मचारी ग्रुपले भुमी युवा क्लबलाई  ३–१ ले हराएर अघिल्लो चरणमा पुगेको हो । 

वैशाख २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । प्रतियोगितामा १६ टीमको सहभागिता रहेको छ । 

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।

Loading...