होमस्टेको माध्यमबाट सुदूरपश्चिममा आर्थिक गतिविधि बढाउन सकिन्छ : प्रदेश प्रमुख मियाँ

कैलाली- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले होमस्टेको माध्यमबाट प्रदेशमा आर्थिक संवृद्धि बढाउन सक्ने बताएका छन् ।कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा प्रदेश स्तरीय होमस्टे मेला उद्घाटन गर्दै प्रदेश प्रमुख मियाँले पछिल्लो समय होमस्टेको संस्कार बढिरहेको भन्दै यसबाट आर्थिक संवृद्धि बढाउन सकिने बताएका थिए । 

प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लामा पर्यटकहरूले चाहेको जस्ता होमस्टे आवश्यक रहेको बताएका थिए । होमस्टेको माध्यमबाट प्रदेशमा पर्यटकको सङ्ख्या बढाउन सकिने उनको भनाइ थियो ।

Navadurga sun

‘सुदूरपश्चिम प्रदेश सुन्दर पश्चिम हो यहाँका प्रत्येक जिल्लामा पर्यटन प्रवर्द्धनको ठुलो सम्भावना छ ’ उनले भने ‘राम्रा होमस्टे निर्माण गरेर पर्यटक भित्राउन सकिन्छ । आर्थिक गतिविधि बढाउन सकिन्छ । ’

 पूर्वी नेपालमा लामो समयदेखि होमस्टे सुरु भएपनि सुदूरपश्चिम प्रदेशमा त्यो अनुसारको हुन नसकेको उनको भनाइ थियो । तर, केही वर्षमै यहाँको होमस्टेले फड्को मारेको प्रदेश प्रमुख मियाँले सुनाए ।  

कार्यक्रममा उपसभामुख कोइली देवी चौधरी, प्रदेश सभा सदस्य तुलसी देवकोटा, रक्षा महरा, लक्ष्मी विक, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख डबल बहादुर बोहरा, धनगढी उपमहानगरपालिका –१६ का वडा अध्यक्ष रामलाल चौधरी, होमस्टे महासङ्घका केन्द्रीय अध्यक्ष प्रेमसिंह मर्दनियालगायतले सुदूरपश्चिम प्रदेशमा होमस्टेको सम्भावना अझै बढिरहेको बताएका थिए  । 

 थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष सुदूरपश्चिम प्रदेश इन्चार्ज लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य चेतराम चौधरी र सञ्चालन होमस्टे (घरबास) महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमिति अध्यक्ष दिनेश दहितले गरेका थिए । 

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजना तथा होमस्टे (घरबास) महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमिति धनगढी, कैलालीको समन्वय र सहकार्यमा भइरहेको होमस्टे  मेला महोत्सव वैशाख २१ गतेसम्म सञ्चालन रहने छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...