भजनीबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीको भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भजनी नगरपालिका–७ हिम्मतपुरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २७ हजार ६ सय बराबरको भन्सार छलीको सामान बरामद गरिएको हो।

गुट्खा, सिद्रा माछा लगायतका सामान इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 

Loading...