अत्तरिया- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (सोमबार) कैलाली पुग्ने कार्यक्रम रहेको छ । उनी सोमबार र मंगलबार कैलालीमै रहने भएका हुन् ।


नेकपा माओवादीको जनतासँग माओवादी विशेष कार्यक्रम अन्तरगत थालिएको तराई–मधेश हुलाकी मार्ग जागरण अभियानको क्रममा उनी बैशाख १६ गते अर्थात आज साँझ टीकापुर नगरपालिका ८ सत्ती कर्णाली पुल पुग्ने कार्यक्रम रहेको छ । उनको रातिको बसाइ टीकापुर नगरपालिका ७, ८ र ९ स्थित सूर्यपुर र झुंगा बस्तीमा हुने भएको छ ।
त्यस्तै उनी मंगलबार झुंगामा आयोजना हुने जनसभालाई सम्बोधन पछि भजनी नगरपालिका हुँदै कैलारी गाउँपालिका ५ बैजपुर पुग्ने कार्यक्रम रहेको माओवादी केन्द्रका कैलारी गाउँपालिका समिति अध्यक्ष बतासु चौधरीले जानकारी दिए । त्यहाँ पनि उनको शहीद परिवार भेटघाट, जनसभा सम्बोधन लगायतको कार्यक्रम रहेको बताइएको छ ।
त्यसपछि कैलारीमै जनसभालाई सम्बोधन गरी प्रचण्ड फुलवारीमा सहिद परिवार सँग भेटघाट गर्ने छन् । १६ गतेनै त्यसपछि धनगढीमा अन्तरक्रिया कार्यक्रम गरी धनगढी भन्सारमा अभियान टोलीको बिदाई गर्ने कार्यक्रम रहेको छ ।

