धनगढीबाट अवैध सामान बरामद

धनगढी- कैलालीको धनगढीबाट ७७ हजार मूल्यका अवैध सामान बरामद गरिएको छ ।

udhok dadeldhura

जिल्लाको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट भारतबाट तस्करी गरेर ल्याउँदै गरेको अवैध सामानहरू बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रहरी टोलीले शनिवार ७७ हजार तीन सयका बिडी, सुर्ती, धोती, पर्दा, सुटपिस लगायतका सामानहरू बरामद गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले बेवारिसी सामान बरामद गरेको बताएको छ ।

Loading...