अत्तरिया- सिद्ध हरियाली सामुदायिक वन उपभोक्ता समूह चुरे ६ मथुरे भावर कैलालीले आयोजना गरेको वन डढेलो नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सिद्ध हरीयाली सा ब उ स का अध्यक्ष लाल बहादुर रावतको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिती चुरे गा पा वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर साउद रहेका थिए ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अथिती रहेका साउदले बन मा आगो नलाउन आग्रह गर्दै बन आगो लगाउनु भनेको पानीको मुहान सुन्नु हो । बोट बिरुवा पालाउन नपाउनु हो त्यसै हामी सबैको जिम्मेवारी हो । बनमा हामी दालचिनी , टिमुर , विभिन्न जडिबुटी लगायतको बेला आगो लगाउनु भनेको नोक्सानी हुनु हो ।
त्यसै हामीहरुले बिदेश जानू भन्दा स्वदेश मै बसेर बन को संरक्षण गरेर भैसा पाल्यो गाई बाख्रा खसी बोका पाल्यो भने बन मा विभिन्न बोट बिरुवा रोप्यौँ भने हामिलाइ यहि बिदेश हुन्छ । आम्दानीका स्रोतहरु घरमै बसेर रोजगार सिर्जना गर्न सक्छौं । जंगलमा सामुदायिक भित्र दालचिनी बाट २० हजार अमला बाट ५० हजार तिमुर त्यस्तै काफल, गाई भैसी पालेर दुघ बेचेर नि आम्दानी गर्न सक्छौ ।

त्यस्तै बिशिस्ट अथिती इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख दिपक बिष्ट रहेका थिए ।
त्यस्तै कार्यक्रममा चुरे युवा क्लबका अध्यक्ष गणेश नाथ योगी, जनता मा बि का बि व्य स अध्यक्ष पुरन सिजाली, जनता सा ब उ स का कोषाध्यक्ष पदम रावत लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य समूह कि कोषाध्यक्ष निर्मला रावत गरेकी थिइन् भने कार्यक्रमको सन्चालन नरेश नाथ योगीले गरेका थिए ।