बृद्धा आश्रमलाई श्रेष्ठले गरे ६ लाख बराबरको जमिन दान

डोटी, २१ भदाै- जिल्लामा रहेको एक मात्र बुद्धाश्रम पुज्य धर्मान्तक बृद्धाअश्रम लाइ ६ लाख बराबरको १४ आना जमीन दिलीप कुमार श्रेष्ठले निःशुल्क दान गरेका छन् ।

दिपायल सिलगढी नगरपालीका वडा नं. ६ इन्द्रचोक निबासी श्रीकुमार श्रेष्ठका कान्छा छोरा दिलीप कुमार श्रेष्ठको नाममा रहेको जमीन आज आश्रमको नाममा हस्तान्न्तरण गरेको पुज्य धर्मान्तक बृद्धाआश्रमका अध्यक्ष दिनेश बहादुर रोकायले जानकारी दिएका छन् ।

Navadurga sun

बृद्धाआश्रम रहेका बृद्ध आमाबुवा आफ्नै आमाबुवा जस्तो लागेको भोली बृद्ध अबस्थामा जो कसैलाइ पनी सहारा बन्न सक्ने भएकाले आफुले खुसी भएर जमिन दान गरेको दाता दिलीप कुमार श्रेष्ठले बताए ।

सुदूरपश्चिम प्रदेशमा सरकारले छुटाएको २० लाख बजेटले अब उक्त जमीनमा घर बनाउने आश्रमले जनाएको छ । उक्त रकम घरनिर्माणका लागी कमहुने भएकोले सहयोग गर्न अध्यक्ष रोकायले बताए । अहिले आश्रममा पाँच जना बृद्धबृद्धाहरु रहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...