

अत्तरिया- कैलालीको गोदावरीबाट नाकको प्वाल भित्र लुकाएको लागूऔषधसहित १ जना पक्राउ परेका छन् ।




पक्राउ पर्नेमा गोदावरी नगरपालिका- ४ बसन्तपुर बस्ने १८ वर्षीय योगेश जोशी रहेका छन् ।


जोशीलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले नाकको दाहिने प्वाल भित्र लुकाई छिपाई राखेको १ ग्राम ३३० मिलिग्राम लागू औषध (हेरोईन) सहित पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

