

अत्तरिया- बाजुरेली सेवा समाजको अध्यक्षमा पुनः भरत बहादुर केसी निर्विरोध चयन भएका छन् । समाजको सातौ साधारणसभा तथा अधिवेशनबाट केसी अध्यक्षमा चयन भएक हुन् । यस अघि पनि केसी नै समाजको अध्यक्षमा रहेका थिए ।




समितिमा वरिष्ठ उपाध्यक्ष रामचन्द्र जोशी, उपाध्यक्षमा संग्राम थापा, सचिवमा हर्कबहादुर ओली, सहसचिवमा गगन अयडी, कोषाध्यक्षमा कपुरराज गिरी, सहकोषाध्यक्ष दयाराम पाध्याय चयन भएका छन् ।


यस्तै, सदस्यमा महेन्द्र बहादुर साउद, चेतराज रेग्मी, झलक नाथ, जय बहादुर बिष्ट, बिनोद थापा, ऐन बहादुर शाही, मनमति अयडी । विर बहादुर सुनार चयन भएका हुन ।

