

अत्तरिया- गोदावरी नगरपालिका अत्तरियाको लोटस आई अंग्रेज़ी माध्यमिक विद्यालयले कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ ।


नगरस्तरीय परीक्षामा सहभागी ३० सामुदायिक र २९ संस्थागत विद्यालयहरू मध्ये लोटस आई अंग्रेज़ी माध्यमिक विद्यालयले यस वर्ष पनि नगर कै पहिलो स्थानमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो ।




कक्षा ८ को परीक्षामा विद्यार्थी हरिश भट्ट र भगवती कुमारी चन्दले ४ जिपिए ल्याउन सफल भएका हुन । नगरकै सबै भन्दा धेरै ४ जीपीए ल्याउने विद्यालयको रूपमा पहिचान गराउँदै गौरवान्वित बनाएको छ । यस्तै बोर्ड परीक्षामा सहभागी ७३ विद्यार्थी मध्ये ७२ उत्तीर्ण भएका थिए भने १ जना ग्रेड वृद्धिमा परेको विद्यालयले जनाएको छ ।
परीक्षामा सहभागी ७३ जना मध्ये २६ जना विद्यार्थीले ए प्लसूग्रेड, ३६ जना विद्यार्थीले ए ग्रेड र १० जनाले बि प्लस ग्रेड ल्याउन सफल भएका छन् भने १ जना विद्यार्थी चाहिँ ग्रेड वृद्धिमा परेको जानकारी दिए।
यस्तै विद्यालयले गत वर्षमा पनि गोदावरी नगरपालिकाकै उत्कृष्ट नतिजा कक्षा ८ मा अध्यनरत बिद्यार्थी विनोद बोहराले ४ जीपीए ल्याएका थिए । विद्यालयका प्रिन्सिपल मान बहादुर ऐरले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू, अभिभावक तथा शिक्षकहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी शैक्षिक सत्रहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने दृढ लक्ष्य रहेको जानकारी दिए ।

