मन्दिरमा पिसाब छर्केको आरोपमा महिला पक्राउ

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-५ मा रहेको आदेश्‍वर मन्दिरमा पिसाब छर्केको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ धोवीचौर घर भई हाल सुकेधारा बस्ने ६१ वर्षीया मिठु तिवारी गर्तौला रहेकी छन् ।

Dadeldhura hospital

प्रहरी वृत्त स्वयम्भूका अनुसार गत पुस २६ गते मन्दिरमा कोही नभएको मौका पारी बोतलमा पिसाब लिएर आई आदेश्‍वर मन्दिर भित्रको मूर्ति समेतमा पिसाब फाली फरार भएको निवेदन प्राप्त भएको थियो । सोभन्दा पछि पनि गर्तौलाले फागुन २१ गते सोही आदेश्‍वर मन्दिरमा आई पिसाब छर्केको खुलेको थियो ।

Navadurga sun
Godawari sandesh

उनले नागार्जुन नगरपालिका-५ स्थित चुण्डेश्‍वर मन्दिर, सीतापाइलास्थित गणेश मन्दिर, हरिसिद्धी मन्दिरमा समेत पिसाब छर्केर फोहोर तथा दूषित कार्य गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा सिसिटिभी फुटेजको आधारमा खोजतलास गर्ने क्रममा गर्तौलालाई चैत २१ गते दिउँसो प्लास्टिकको बोतलमा पिसाब जस्तो देखिने तरल पदार्थ रहेको ५ वटा बोतल साथमा लिई आदेश्‍वर मन्दिरमा आएको अवस्थामा पक्राउ गरिएको हो ।

उनीमाथि ‘धर्म सम्बन्धी कसुर’मा मुद्दा दर्ता भई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन थप गरेर थप अनुसन्धान कार्य भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा गर्तौलाले २०७६ सालमा हिन्दु धर्म परिवर्तन गरी क्रिस्चियन धर्म मान्दै आएको खुलेको प्रहरीको भनाई छ ।

 

Loading...