बैतडीमा आप्रवासी स्रोत केन्द्र स्थापना

बैतडी- सुरक्षित वैदेशिक रोजगारी बारे जानकारी दिने उद्देश्यले बैतडीमा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) सञ्चालन गरिएको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम सामी को सहयोगमा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय भित्र स्थापना गरिएको स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि जानकारी दिने, वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने कागजपत्रको बारेमा जानकारी तथा परामर्श दिने, सहजीकरण गर्ने लगायत काम गर्नेछ ।

केन्द्रको सुदूरपश्चिमकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरेका थियो । स्रोत केन्द्रको उद्घाटनका क्रममा राज्यमन्त्री खड्काले वैदेशिक रोजगारीका विषयमा जानकारी नहुँदा कतिपय नागरिक ठगिएको भन्दै उहाँले स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीमा सहयोग पुग्ने बताए ।

सुदूरपश्चिमका सबै जिल्लामा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याउने उद्देश्य रहेको र केही जिल्लामा स्रोत केन्द्र सञ्चालनमा आइसकेका सामी परियोजनाका प्रदेश कार्यक्रम अधिकृत पञ्चराम चौधरीले जानकारी दिए ।

Loading...