प्रधानमन्त्री ओली र  श्रीलङ्काका प्रधानमन्त्री अमरासुरिया बीच भेटवार्ता

बैङ्ककः प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा हरिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ ।

हुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा यहाँ रहनुभएका प्रधानमन्त्री ओलीले श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियासँग भेटवार्ता गर्नुभएको हो । 

Navadurga sun

बिम्स्टेकसहित सार्क राष्ट्रका सदस्य रहेका दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोलगायत विविध विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री डा आरजुराणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्चपदस्थ अधिकारीहरू सहभागी थिए ।

थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा आयोजित कार्यक्रम सकिएसँगै प्रधानमन्त्री ओलीको बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन आउनुभएका सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँगको ‘साइडलाइन’ भेटवार्तासहित अन्य छलफल तथा भेटघाटमा व्यस्त हुने कार्यसूची रहेको छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...