लागूऔषधसहित कैलालीबाट पाँच जना पक्राउ

धनगढी । कैलालीबाट पाँच जना लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अछामको मंगलसेन नगरपालिका–१ बस्ने १८ वर्षीय किशोर र मंगलसेन नगरपालिका–५ बस्ने १७ वर्षीय किशोर पक्राउ परेका हुन्। दुईजना किशोरलाई १ ग्राम २४० मिलिग्राम खैरो हेरोइनसहित अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–६ जंगल रिसोर्ट नजिकबाट सोही ठाउँ बस्ने २६ वर्षीय आशा राम चौधरी र २९ वर्षीय दिलबहादुर चौधरी लागूऔषधसहित पक्राउ परेका छन्। चौधरीलाई १ ग्राम २१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Navadurga sun

यसैगरी गौरीगंगा नगरपालिका–८ लिक्मा गाउँमा सडक छेउबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई ८० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बुधवार पक्राउ परेका यी पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...