कोटेश्वरको भाटभटेनीमा तोडफोड र लुटपाट

काठमाडौँको कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा राजावादी समूह प्रवेश गरेर तोडफोड र लुटपाट गरेका छन् । दिउसो ३ : ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन् ।

सार्वजनिक भिडिओमा प्रदर्शनकारीले भाटभटेनीमा रहेको फलफुल, महँगो मूल्यका मदिराहरू लिएर भागेका छन् । लुटपाट गर्नेलाई भाटभटेनीकै सुरक्षाकर्मीले लखेटेका थिए ।

Loading...