

अत्तरिया- प्रदेश सरकारका अर्थ राज्यमन्त्री प्रकाश बमले दुग्ध विकास संस्थान (डीडीसी) लाई अत्तरियाबाट धनगढी सार्नबाट रोक्न पहल गर्ने घोषणा गरेका छन् । बिहीबार अत्तरियामा जग्गा खोज्न बनेको कार्यदल र स्थानीय सरोकारवालाहरूसँगको छलफलमा उनले यो निर्णय सार्वजनिक गरेका हुन ।




मन्त्री वमले अत्तरियामा नै उपयुक्त जग्गा छनोट गरी प्रदेश सरकारलाई यसरी निर्णय गर्न अनुरोध गर्ने बताए । ‘यहाँका सबै नेतृत्व, स्थानीय निकाय र प्रतिनिधिहरू एकताबद्ध भएर मुख्यमन्त्रीसमक्ष प्रस्ताव राखौं, उनले भने । यसै कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य जानकी पौडेलले डीडीसी अत्तरियामै राख्ने मुद्दामा कृषि मन्त्रालयसँग छलफल गरिरहेको बताइन् । ‘यो मामिलामा छलफल गरेर नै समाधान निकाल्ने जिम्मेवारी हामीमा छ, उनले भनिन् ।


संघीय सरकारले चालु आर्थिक वर्षमा डीडीसी मार्फत दुग्ध प्रशोधन कारखाना सञ्चालनका लागि ६ करोड रुपैयाँ बजेट राखेको छ, जुन प्रदेश सरकारले कार्यान्वयन गर्दै छ ।
तर, डीडीसीले अत्तरियामा जग्गा अभाव र धनगढीमा उपयुक्त भूमि उपलब्ध भएको दाबी गर्दै संस्थान सार्ने योजना बनाएको छ । स्थानीय स्तरबाट यसको विरोध भइरहेको छ । मन्त्री बमले गरेको हस्तक्षेपले डीडीसी अत्तरियामै रहने आशा जगाएको छ । यदि प्रदेश सरकारले यसलाई समर्थन गर्यो भने, क्षेत्रिय दुग्ध उद्योगलाई गति मिल्ने अपेक्षा छ ।

