

धनगढी- कैलालीबाट ४ लाख २९ हजारको अवैध सामान बरामद गरिएको छ ।




धनगढी उपमहानगरपालिका–२ मिलन चोक, धनगढी उपमहानगरपालिका–३ चटकपुर, भजनी नगरपालिका–७ पुरैना सामुदायिक वन नजिक र टीकापुर नगरपालिका–१ गौरा पाउरोटी स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख २९ हजार ३ सय बराबरको सामान बरामद गरिएको हो ।


कुर्ती, प्लाजु, सुटपिस, धोती, पास्ता, खानेतेल, भेष्ट, पेय पदार्थ, कुरकुरे, चक्लेट, सिएफएल चिम, स्विच बोर्ड, माछा, मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

