गेटाको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा दुई सहकुलपति रहने

अत्तरिया- कैलालीको गेटामा रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा दुई जना सहकुलपति रहने भएका छन् । शिक्षा र स्वास्थ्य मन्त्रालयलाई समायोजन गर्नका लागि यो सहमति भएको हो ।

संसदीय समितिको सहमति अनुसार शिक्षा मन्त्री र स्वास्थ्य मन्त्री सहकुलपति रहनेछन् । स्वास्थ्यसँग सम्बन्धित भएकाले स्वास्थ्यमन्त्री पनि सहकुलपति रहने प्रस्ताव अघि बढाइएको हो ।

अन्य विश्वविद्यालयमा एक जना सहकुलपति रहने चलन भए पनि नेपालमा पहिलो पटक दुई जना सहकुलपति रहने व्यवस्था गरिँदैछ । सभापति शिक्षा मन्त्री हुनेछ भने सहकुलपतिहरूले निर्णय प्रक्रियामा कार्यकारी अधिकार प्रयोग गर्नेछन् ।

प्रधानमन्त्री कुलपति भए पनि उनको भूमिका सेरेमोनियल मात्र हुनेछ । विश्वविद्यालयका अन्य पदाधिकारीमा उपकुलपति, रजिष्ट्रार, डीन, प्रिन्सिपल, र अस्पताल निर्देशक रहेका छन् ।

Loading...