कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरको विभिन्न स्थानबाट ६ लाख ८ हजार ४७० मुल्यको अवैध सामान बरामद गरिएको छ । कैलालीको धनगढी–२ मिलन चोक र सिसमबारी, धनगढी–३ बिशाल नगर, गोदावरी–४ वनदेवी मन्दिर नजिक, भजनी–५ कुटी, भजनी–९ पहलवान स्थित झुलुङ्गे पुल नजिक र टीकापुर–९ खग्रौला सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख ७३ हजार ८१० बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ ।

Dadeldhura hospital

भन्सार छलीको प्याज, चिनी, बिडी, सुर्ती, नरिवल, मसला, कारबन तेल, मटर, क्याण्डी, केक पाउडर, स्टिल तथा प्लाष्टिकका भाँडा वर्तन, बदाम, पेय पदार्थ, ब्याट्री, मोटर पाईप, ग्रिस वायल, प्लाष्टिक झिल्ली, सिद्रा माछा, कस्मेटिक लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा सोमवार फेला पारी नियन्त्रणमा लिएको छ ।

Navadurga sun
Godawari sandesh

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक र दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३४ हजार ६६० बराबरको सामान बरामद गरेको छ ।

पेय पदार्थ, बिडी, तिलको तेल, कपडा, जुत्ता, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।

Loading...