

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–८ जडैमा एक घरमा आगलागी भएको छ ।




चक्रबहादुर साउद घरमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


आगो निभाउने क्रममा उनकी आमा लल्लु साउदको अनुहार र बायाँ हात जलेर घाईते भएकी छिन् । घाईते साउदको सि.यस.अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

