आज रानाथारु समुदायले खखडेहरा पर्व मनाउँदै, सुदूरपश्चिममा सार्वजनिक बिदा

अत्तरिया- अत्तरिया सुदूरपश्चिमको कैलाली, कञ्चनपुरमा बसोबास रहेको रानाथारु समुदायले आज मनाउँदै छन् । यो समुदायले होरी पर्वको अन्तिम दिन खखडेहरा  फुटाएर होरीको समापन गर्ने गर्दछन् ।  

एक महिना आठ दिन सम्म मनाइने होरी पर्वको महत्वपूर्ण दिन खखडेहरा  मानिन्छ । माघ पूर्णिमा देखि रानाथारु समुदायको होरी पर्व सुरु भएको थियो । खखडेहरा फुटाएपछि पुरुषको होरी समापन हुने गरेको छ । महिलाले भने चैतको चराइँमा होरी समापन गर्ने चलन रहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले रानाथारु समुदायको खखडेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

कैलाली, कञ्चनपुरमा बसोबास रहेको पर्वको अवसरमा प्रदेशभरि शुक्रवार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख गरिएको छ ।

Loading...