कैलालीमा ४ जना खैरो हेरोइन सहित पक्राउ

धनगढी- कैलालीमा ४ जना खैरो हेरोइन सहित पक्राउ परेका छन् ।

जानकी गाउँपालिका–८ खैरीपुर स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने २९ वर्षीय कृष्ण चौधरी र २८ वर्षीय डिमेन्स चौधरी खैरो हेरोइन सहित पक्राउ परेका हुन् । दुबै जनालाई १ सय मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका–७ देबरियाबाट भारत लखिमपुर पलिया सुवास नगर बस्ने २६ वर्षीय जसप्रित सिंह र ४० वर्षीय अंगद सिंह पक्राउ परेका छन् । यी दुबै जनालाई ३३० मिलिग्राम खैरो हेरोइन सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।  

Loading...