राना थारु समाजको संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तर सम्म चिनाउन आवश्यक छ : प्रदेश प्रमुख मियाँ

कैलाली- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्दै आइरहेका राना थारु समाजको संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तर सम्म चिनाउन आवश्यक रहेको बताएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा आयोजना गरिएको होरी मिलन तथा खख्डेहरा महोत्सव उद्घाटन गर्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम विभिन्न संस्कृति र पहिचानको धनी रहेको भन्दै राना थारु समाजको संस्कृति र पहिचान पनि पौराणिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘सुदूरपश्चिम प्रदेशको कला संस्कृति, पहिचान आफैमा निकै राम्रो छ । यहाँ सबै समुदायको आ-आफ्नो पहिचान छ ’ उनले भने ‘राना थारु समाजको संस्कृति र पहिचान पौराणिक दृष्टिकोणले पनि निकै महत्त्व पूर्ण छ । यसलाई अन्तर्राष्ट्रियस्तर सम्म चिनाउन आवश्यक छ ।’

कार्यक्रममा पूर्व संघीय मन्त्री नारदमुनि राना, प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा पाताल, संविधान सभा सदस्य कृपाराम राना, धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला राना, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी, बेलौरी नगरपालिका उपप्रमुख, लालझाडि गाउँपालिका अध्यक्ष, धनगढीका वडाध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो । उनीहरुले राना थारु समाजको कार्यक्रमको प्रशंसा गर्दै यसले यहाँको समुदायको पहिचानमा अझै ठुलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

नेपाल राना थारु समाज केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा तीन सष्टालाई सम्मान गरिएको थियो । गुलाबी राना, बम्मन राना, र स्वर्गीय जगन्नाथ रानालाई दोसल्ला तथा कदर पत्र प्रदान गरिएको थियो । नेपाल राना थारु समाज केन्द्रीय अध्यक्ष कमल सिंह रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कैलाली कञ्चनपुरमा १३ होरी, उत्तर प्रदेश र उत्तराखण्डका होरी पनि प्रस्तुत गरिएको थियो ।

Loading...