



कञ्चनपुर- कञ्चनपुरको २ ठाउँमा आगलागी भएको छ । जिल्लाको बेल्डाँडी गाउँपालिका-५ को गौरी शान्ति टोलको एक घरमा आगलागी भएको हो । आगलागी हुँदा ६० हजारको क्षति भएको छ ।


यस्तै भीमदत्त नगरापालिका-८ को पशुपति टोलमा आगलागी भएको छ । गोठमा आगलागी हुँदा २० हजार बराबरको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगलागीबाट मानवीय तथा पशु क्षति नभएको प्रहरीले जनाएको छ ।

