धनगढीबाट लागूऔषध सहित दुई जना पक्राउ 

धनगढी- कैलालीको धनगढीबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने १७ वर्षीय दुई जना किशोरलाई २ ग्राम ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइन सहित प्रहरीले पक्राउ गरेको हो । दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । 

Loading...