कृषि उपज थोक बजार अत्तरियाको अध्यक्षमा जोशी चयन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका १ अत्तरियामा रहेको संघीय कृषि उपज थोक बजार व्यवस्थापन समिति अत्तरियाको नयाँ कार्यसमितिको अध्यक्षमा डिल्लीराज जोशी चयन भएका छन् ।

जोशी निवर्तमान समितिका सदस्य हुन् । समितिको सदस्यहरूमा जयराज पनेरु, तेजराज पनेरु, पदमराज रिजाल, एनिला चौधरी र धर्मराज कडेल चयन भएका छन् ।

संघीय कृषि उपज थोक बजार व्यवस्थापन समितिमा तीनजना कृषकबाट र तीनजना व्यवसायीबाट छनोट गर्नुपर्ने व्यवस्था रहेको छ । सोही बमोजिम सर्वसम्मत कार्य समिति चयन भएको हो ।

Loading...