धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुने

धनगढी- धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुने भएको छ । चौतारी कला समाजको आयोजना प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुन लागेको हो ।

धनगढीमा चैत ४ गते प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुन लागेको आयोजक चौतारी समाजले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मौलिक भजनहरू लोप हुँदै गइरहेका बेला यस प्रतियोगिताले मौलिक भजन प्रतियोगिताले संस्कृति संरक्षण गर्न सहयोग पुग्ने समाजको अध्यक्ष हेमन्ता भट्टराईले बताइन् ।

धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाम मन्दिरमा भजन प्रतियोगिता हुने छ । ४ गते बिहान १० बजे कार्यक्रमको उद्घाटन हुने छ प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो हुने टिमले १० हजार र शान्त्वना हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष भट्टराईले बताइन् ।

यस्तै सहभागि सबैलाई कदरपत्र समेत दिईन उनको भनाई छ । प्रतियोगितामा सहभागि हुनलाई ५ देखि १० जनाको टिम हुनुपर्ने उनल बताईन् । ‘लोक भजन मौलिक हुनुपर्ने छ’, उनले भनिन, भजन ५ देखि १० मिनेटको हुनुपर्ने छ । झाकी सहित प्रदर्शन गर्नुपर्नेछ ।’ प्रतिगेगितामा सहभागि हुन इच्छुक टिमले चैत एक गते भित्र दर्ता हुनुपर्ने छ ।

प्रतियोगितामा टिम दर्ता गर्नका लागि ५ सय रुपैयाँ शुल्क तोकेको छ । प्रतियोगिता अवलोकनमा समेत सहभागीताका लागी अध्यक्ष भट्टराईले सबैमा अनुरोध गरेकी छन् । यस खालको प्रतियोगिता सुदूरपश्चिममा दोस्रो पटक हुन लागेको हो । गत खाल पनि यस्तै खालको प्रतियोगिता धनगढीमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

Loading...