रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं, १७ भदाै- पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। आज बिहान सम्पन्न विश्वकप छनौट अन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा आफ्नो व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडी बनेका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

यसअघि इरानका अलि दाइको १०९ गोलको कीर्तिमानीलाई उछिन्दै रोनाल्डोले १११ गोल गर्न सफल भएका छन्। आयरल्याण्डविरुद्धको खेलमा हारको नजिक पुगिसकेको पोर्चुगललाई रोनाल्डोले खेलको अन्तिम समयमा गरेको दुई गोलले जीत दिलाउन सफल भएको थियो।

Navadurga sun
Godawari sandesh

पहिलो हाफबाटै अग्रता लिएको आयरल्याण्डमाथि पोर्चुगल निकै बलियो देखिएपनि गोल गर्न भने सकेको थिए। खेलको अन्त्यतिर ८९औं मिनेटमा रोनाल्डोले गरेको गोलबाट बराबरीमा फर्किएको पोर्चुगललाई अतिरिक्त समयमा पुनः अर्को गोल गर्दै रोनाल्डले जीत दिलाएका थिए।

Couple
Loading...