वेदकोटमा बालबालिकासँग मेयर कार्यक्रम सम्पन्न

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकामा पहिलो पटक बालबालिकासँग मेयर कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख भोजराज बोहराको विशेष उपस्थितिमा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको हो ।

Ganyapdhura gau

कार्यक्रममा वेदकोट नगरपालिका भित्रका सामुदायिक एवम् संस्थागत विद्यालयका करिब २५० विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको वेदकोट नगरपालिकाका कर्मचारी प्रकाश कलौनीले जानकारी दिए। वेदकोटका नगर प्रमुख बोहराले बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका सरोकार, आवश्यकताहरू तथा नगरपालिकाले प्रदान गर्न सक्ने सेवाहरूबारे जानकारी गराए ।

Navadurga sun

उनले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षित वातावरण, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूको प्रवद्र्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराए । साथै, विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न, बालबालिकालाई प्रविधिमैत्री बनाउने तथा उनीहरूको व्यक्तिगत तथा बौद्धिक विकासका लागि नगरपालिकाले आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

Dadhaldhura pur

त्यसैगरी, उहाँले बालबालिकाको सृजनशीलता, शैक्षिक उपलब्धि तथा बाल अधिकारको संरक्षणमा नगरपालिका गम्भीरतापूर्वक लागेको बताए । उनले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि पालिका, विद्यालय, अभिभावक तथा समाजका सबै पक्षले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

वेदकोट नगरपालिकामा पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रम सहभागी विद्यार्थी एवम् शिक्षकले नगर प्रमुखलाई आभार व्यक्त गरेका छन् । नगर प्रमुख बोहराले विद्यार्थीका हरेक क्षेत्रमा रहेका समस्याहरू सुनेर समाधानका लागि सम्बन्धित निकायलाई तुरुन्तै निर्देशन दिएका थिए ।

कार्यक्रमको सञ्चालन पत्रकार शिव अधिकारीले गरेका थिए । उनको सहज तथा प्रभावशाली प्रस्तुतीकरणले कार्यक्रममा थप आकर्षण ल्याएको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमलाई निकै अर्थपूर्ण र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी, कार्यक्रममा नगर उप–प्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, शिक्षा शाखा प्रमुख पदमराज भट्ट, वेदकोट १ का वडा अध्यक्ष रमेश सिह भण्डारी, कार्यपालिका सदस्य जयन्ती देवी पन्त, विद्यालय निरीक्षक मन्जु थापा, योजना शाखा प्रमुख अमर महरा, वेदकोट १ का वडा सदस्य बिनोद सिह विष्ट लगायत सम्बन्धित विद्यालयका शिक्षक–शिक्षिकाहरूको समेत उपस्थिति रहेको थियो ।

नगरपालिकाको यस प्रकारको पहलले बालबालिकाको आवाज सुन्ने तथा उनीहरूलाई समेट्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना हुने अपेक्षा गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...